
काठमाडौं । स्थानीय चुनाव ०७९ को मतदान सकिएको तीन दिन बितिसक्दा पनि धेरै स्थानीय तहको नतिजा आइसकेको छैन । मतगणनामा ढिलाइ भएको गुनासो आइरहेको छ ।
हालसम्म ७५३ मध्ये १४० स्थानीय तहको नतिजा आएको छ । प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसले अग्रता लिँदै पहिलो दल बनेको छ भने एमालेले दोस्रो स्थानमा रहेका काँग्रेसलाई पछ्याइरहेको छ ।
सोमबार अपरान्हसम्म प्राप्त तथ्यांकअनुसार नेकपा एमालेले जितेका स्थानीय तहको विवरण यस्तो छ–
यी हुन् एमालेले नेतृत्व जितेका ५२ पालिकाको सूचीः
१ मनाङ ङिस्याङ गाउँपालिका मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका डोल्पा
धावा सम्डुक गुरुङ/एमाले
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका बझाङ
मानवीर बोहरा/एमाले
९ बौदीकाली गाउँपालिका नवलपरासी पूर्व
प्रकाश ओझा/एमाले
१० थलारा गाउँपालिका बझाङ
प्रकाशबहादुर रोकाया/एमाले
११ थासाङ गाउँपालिका मुस्ताङ
प्रदिप गौचन/एमाले
१२ मालिका गाउँपालिका म्याग्दी
बेगप्रसाद गर्बुजा/एमाले
१३ मेन्छयायेम गाउँपालिका तेह्रथुम
यादवबहादुर खापुङ्ग/एमाले
१४ महाकाली नगरपालिका दार्चुला
नर सिंह चैंसिर/एमाले
१५ हरिनास गाउँपालिका स्याङ्जा
खिमनारायण मानन्धर/एमाले
१६ गुँरास गाउँपालिका दैलेख
टोपबहादुर बिसी/एमाले
१७ पञ्चेश्वर गाउँपालिका बैतडी
गोरखबहादुर चन्द/एमाले
१८ म्याङलुङ गाउँपालिका तेह्रथुम
सञ्जयकुमार तुम्बाहाङ्फे/एमाले
१९ छथर गाउँपालिका तेह्रथुम
सन्तवीर लिम्बु/एमाले
२० गोसाइकुण्ड गाउँपालिका रसुवा
कैसाङनुर्पु तामाङ/ एमाले
२१ भीमफेदी गाउँपालिका मकवानपुर
हिदम लामा/एमाले
२२ पाणिनी गाउँपालिका अर्घाखाँची
टेकराज न्यौपाने/एमाले
२३ पूर्वखोला गाउँपालिका पाल्पा
नुनबहादुर थापा/एमाले
२४ बुलिङटार गाउँपालिका नवलपरासी पूर्व
दीपेन्द्र सुनारी मगर/एमाले
२५ तिनाउ गाउँपालिका पाल्पा
प्रेम श्रेष्ठ/एमाले
२६ माङसेबुङ गाउँपालिका इलाम
हेमन्त राई/एमाले
२७ इन्द्रसरोवर गाउँपालिका मकवानपुर
देवकृष्ण पुडासैनी शर्मा/एमाले
२८ जोरायल गाउँपालिका डोटी
दुर्गा दत्त ओझा/एमाले
२९ चौबिसे गाउँपालिका धनकुटा
राजकुमार लिम्बुरएमाले
३० हतुवागढी गाउँपालिका भोजपुर
प्रेमकुमार राई/एमाले
३१ कालीगण्डकी गाउँपालिका स्याङ्जा
खिमबहादुर थापा/एमाले
३२ डुंगेश्वर गाउँपालिका दैलेख
सुन्दरकुमार केसी/एमाले
३३ ऐँसेलुखर्क गाउँपालिका खोटाङ
गिरेन्द्रबहादुर राई/एमाले
३४ लालझाडी गाउँपालिका कञ्चनपुर
निर्मल राना/एमाले
३५ पौवादुङमा गाउँपालिका भोजपुर
किरण राई/एमाले
३६ माप्यदुधकोशी गाउँपालिका सोलुखुम्बु
बुद्धिकिरण राई/एमाले
३७ चुरे गाउँपालिका कैलाली
चक्रबहादुर बोगटी/एमाले
३८ दुहु गाउँपालिका दार्चुला
नरेन्द्रबहादुर सिंह बडाल/एमाले
३९ छत्रकोट गाउँपालिका गुल्मी
रामप्रसाद पाण्डेय/एमाले
४० सरुमारानी गाउँपालिका प्युठान
झगबहादुर विश्वकर्मा/एमाले
४१ सत्यवती गाउँपालिका गुल्मी
टीकाराम पाण्डे/एमाले
४२ मालिकार्जुन गाउँपालिका दार्चुला
हिरासिंह धामी/एमाले
४३ गौमुल गाउँपालिका बाजुरा
हरिबहादुर रोकाया/एमाले
४४ रुपा गाउँपालिका कास्की
नवराज ओझा/एमाले
४५ माथागढी गाउँपालिका पाल्पा
यमबहादुर चिदी मगर/एमाले
४६ म्याग्दे गाउँपालिका तनहुँ
श्रीप्रसाद श्रेष्ठ/एमाले
४७ शैल्यशिखर नगरपालिका दार्चुला
विजयसिंह धामी/एमाले
४८ माथागढी गाउँपालिका पाल्पा
यमबहादुर चिदी/एमाले
४९ भगवानपुर गाउँपालिका सिरहा
उग्रनारायण यादव/एमाले
५० घिरिङ गाउँपालिका तनहुँ
होमबहादुर थापा/एमाले
५१ निस्दी गाउँपालिका पाल्पा
मुक्तबहादुर सारु/ एमालेका
५२ उत्तरगया गाउँपालिका रसुवा
माधव अर्याल/एमाले