काठमाडौं । गत शुक्रबार भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। हालसम्म ६२५ पालिकामध्ये १८८ स्थानको अन्तिम परिणाम अनुसार नेपाली काग्रेस अग्रस्थानमा देखिएको छ।

नेपाली काग्रेसले हालसम्म ८४ स्थानीय तहको प्रमुख र उप प्रमुखमा जित हात पारेको छ। काग्रेसलाई एमालेले पछ्याइरहेको छ। सुरुवाती रुझानमा अगाडि रहेको एमाले अहिले पछि परेको छ।

एमालेले हालसम्म प्रमुखमा ५५ स्थान र उपप्रमुखमा ५६ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले ४० स्थानमा प्रमुखमा जित हात पारेको छ भने उपप्रमुखमा ३७ स्थानमा विजयी भएको छ। नेकपा (एकीकृत समाजवादी) ले ३ स्थानीय तहमा प्रमुख पद जितेको छ।

निर्वाचनमा सत्ता गठवन्धनका पाँच दलले ६ महानगर,११ उपमहानगर र अन्य केही स्थानमा तालमेल गरेका थिए भने एमालेले केही स्थानमा राप्रपा अन्यमा स्थानीय तहको निर्णय अनुसार निर्वाचनमा भाग लिएको थियो । ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा केही क्षेत्रमा मतदान नै रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!