
काठमाडौं। नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ८८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ४५ पैसा र बिक्री दर १५२ रुपैयाँ १८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १२३ रुपैयाँ ७४ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५८ पैसा र बिक्री दर ८५ रुपैयाँ ९९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १३ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५६ पैसा र बिक्री दर ९ रुपैयाँ ६१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २१ पैसा र बिक्री दर १८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर ३३ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८५ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम भएको छ।