
काठमाडौं । बैशाख ३० गते सम्पन स्थानीय तहको मत परिणाम अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेसले २०८ पालिकामा विजयी हासिल गर्दै पहिलो स्थानमा रहेको छ।
सार्वजनिक परिणामअनुसार कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी २०८ पालिका जित हासिल गरिसक्दा ११२ पालिकामा अग्रता हासिल गरेको छ।
दोस्रो स्थानमा रहेको एमालेले प्रमुख र अध्यक्ष गरी १२९ पालिकामा जित हासिल गरेको छ भने ६५ पालिकामा अग्रस्थान कायम गरेको छ। उपप्रमुखरउपाध्यक्षमा एमाले १३३ स्थानमा विजयी भएको छ भने १०२ अग्रता कायम गरेको छ।
तेस्रो स्थानमा माओवादी केन्द्र रहेका छ। माओवादी केन्द्र ९१ स्थानमा विजयी भएको छ भने २० पालिकामा अग्रस्थानमा छ। हालसम्म माओवादी केन्द्रले उपप्रमुख र उपाध्यक्ष गरी ९८ जितेको छ भने २८ स्थानमा अग्रता कायम गरेको छ।
नेकपा एकीकृत समाजवादीले पनि सात पालिकामा प्रमुख पद जितिसकेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ। १४ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितिसकेको एकीकृत समाजवादीले ६ स्थानमा अग्रता लिइरहेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले ५ वटा पालिका प्रमुखमा जित हात पार्दा २९ स्थानको मतगणनामा अगाडि बढिरहेको छ। जसपा ले ७ उपप्रमुखरउपाध्यक्ष तिजेको छ भने सोही पदका लागि २३ स्थानमा अग्रता लिइरहेको छ।
अहिलेसम्म पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख/अध्यक्ष र उपप्रमुखरउपाध्यक्ष लागि भइरहेको मतगणनामा क्रमशः १० र ११ स्थानमा अग्रता कायम भने गरिरहेको छ।
२५ पालिकाको प्रमुखमा विजय हासिल गरेका स्वतन्त्र उम्मेदवारहरू १२ स्थानमा अगाडि देखिएका छन्। पालिका उपप्रमुखमा पनि ६ स्वतन्त्र उम्मेदवारले जितिसक्दा ८ स्थानमा अग्रता लिइरहेको छ।