
काठमाडौं । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
प्रहरीले अवैध गतिविधि गरेको आशंकामा स्काइ वर्ल्ड कल सेन्टरमा छापा मारेको छ। कल सेन्टर सञ्चालनमा रहेको घर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको हो।
कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो। यहाँ दुई हजार बढी युवायुवतीहरु काम गर्दै आएको पाइएको छ।
प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन्। व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ।
आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो। छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना ‘टिम लिडरहरू’लाई पक्राउ गरेको थियो।