काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले सानदार सुरूवात गरेको छ। मेघराज केसीको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीले आज माल्दिभ्सलाई ४–० ले हराउँदै साफ च्याम्पियनसिपमा सानदार सुरुवात गरेको हो।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा नेपालले खेलको ४१ मिनेटमा अग्रता लियो। नेपालका लागि दिपेश गुरुङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे।नेपालले ५८ मिनेटमा अग्रता दोब्बर पार्यो। नेपालका लागि सुगम सुवालले दोस्रो गोल गरे।

६१ मिनेटमा नेपालका लागि कृतिश रत्न छुन्जुले पेनाल्टीमा गोल गर्न सफल भए। कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।

नेपालका लागि चौथो गोल मनग्य नकर्मीले दोस्रो हाफको इन्जुरी टाइममा गरेका थिए। अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ। नेपालले ३१ जुलाईमा भारतसँग तेस्रो खेल खेल्नेछ भने समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग हुनेछ।

समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!