
काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ । मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ ।
काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ । अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।
हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भू-क्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ ।
यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र शतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।

धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु ।

क्षितिजबाट बर्षेको मुसलधारे झरि ।

झरिपछि बढेको वागमती ।

बग्दै गरेको नख्खु खोला ।

गोदावरी पार्कमा झरि परेपछि ।

ललितपुरको दलचोकी जंगलमा ढाकिएको वादल ।

ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।

छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।

टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला ।

बानेश्वरमा झरि परेपछि ।
न्युज एजेन्सी नेपाल